मुख धोईवरी एकाबिहानै म Balcony मा पुगे | मौसम Romantic थियो, लगातार परिरहेको श्रावने झरीलाई side मा राखिएको कुर्सिमा बसेर हात तन्काउदै स्पर्श गर्दै थिए | एकछिनमा ताततातो चिया आमाले मेरो हातमा थमाउदै जानु भयो झन् सुनमा सुगन्ध भने झैँ भयो | खुसि थिए | biscuit लाई चियामा डुबाएर खान तत्पर थिए, बिस्कुट चोपीवरी मुन्टो उठाए , देखे चराहरु भिजि आफ्नो आहारा खोजिरहेका थिए| एकछिन अघि खुसि म , दुखि भए | आज भन्दा लगभग ४ बर्ष अगाडीका पलहरु एक्कासी मनमा ताजा भए | जस्ताले बेरिएको त्यो cottage जहाँ पानीपर्दा पानीको थोपा घरमा चुहिन्थियो, कति वर्षा पानी सोरेर रात बित्थियो अनि घर भरि पानी थाप्न भनि भाडाहरु राखिएका हुन्थे | गहिरो निन्द्रामा पानीका अवाज र छिटाले बिउझीएपछि म जुरुक्क उठेर पानीलाई सराप्पदै बिछौना पर सार्थे| साच्चै मलाई झरी त्यति बेला मन पर्दैनथियो | आज म confuse छु, मलाइ झरी मन पर्छ कि पर्दैन? मलाइ नै थाहा छैन| जाबो वर्षामा त्यति थोरै अफ्ठ्यारो आउदा नै बिच्लित्त भएको म यदि बाढीपहिरोमा आफन्त गुमाउनु परेको र सुकुम्बासी हुनुपरेको भए के गर्थे? सोच्दानि कहाली लाग्छ | यस्तो त दुश्मनलाई पनि देख्ननपरोस | सानोमा गुरुआमाले प्रकृतिले सबैलाई समान ब्बहार गर्छिन भनेर पढाएको नि आज झुठो लाग्छ | यदि समान ब्बहार गर्देको भए एउटै झरी कसैलाई Romantic र कसैलाई बोझ किन हुन्थियो???

0 comments:
Post a Comment