शुन्य गन्तव्य (Nepali Novel)

[भाग १]
हरे! उशमुज्लो गर्मि | दीन दुखि लाइ फेरी सताउन आईपुग्यो | पशुपतीका टिनको छानो असाधै तातिएको छ | यहा बस्नि तमाम आमा बुबा को मन जस्तै भत्भती पोलेको छ | यहाँ बस्नी प्रत्तेकको आफ्नो छुटै कहानी छ, बेथा छ| “शान्ति तिमल्सिना ” अरु जस्तै त्यहि भिड मा ओइलाएकी छ, सुस्ताएकी छ | हुनत उसलाई यहा भक्खर लेराइएको छ | आँखा मा चस्मा , हात मा घडी गलामा टाई, र सेतो सर्ट पाईन्टमा एउटा लक्का जवान केटो उनलाई छोड्न आएको थियो| गेट बाट अलि कति भित्र छिर्ने बितिकै हाकिम को कोठा मा गएर खै के के पो मिलाउदै थियो, सिर्फ यति बाहिर सुनिएको थियो कि, शान्ति तिमल्सिना वर्ष ७१ | उफ्फ ! आज फेरी यहाँ एकजना को संख्या बढ्यो| यहा मान्छे बढ्नु र घट्नु को केहि लेखाजोखा नै हुन्नथियो | आज देखेको मान्छे भोलि एकादेश को कहानी जस्तै हुन्थे, मर्न सक्थे, बिलाउन सक्थे, भने बृद्दि हुन पनि सक्थे| कहिले पुलिसले बाटोमा सुतेका, दुख पाएका र भौतारेकालाई लेराउनी गर्थयो त कहिले आफ्नै छोरा नाती आफन्तले ल्याउने क्रम जारी नै थियो | उनिहरु बृद्धलाई यसरी यहा ल्याई यसरी छोड्छन कि मानम् उनीहरु बुढो कुकुर लाई जंगल छोड्न आईरहेछन अनि जंगल मा भुलाउनी कोशिस गर्दैछन् |शान्ति राम्ररी कान सुन्दिन, उसलाई चर्को स्वरले भन्नु पर्छ| उसको भतिजा कानकै डाडीमा आएर, “लौ त काकी राम्ररी बस्नु, याद आए फोन गर्नु, म लिन आउला” भनि पशुपतीको जंगल नै थर्काउदै थियो, उसको मनमा आशा को दियो बाल्दै थियो| यति बेला शान्ति अशान्त भएकी छे, लाटी भएकी छे, अन्धो भएकी छे र बहिरो त उ पहिले बाटै थिई| चारै तिर मुसल्धार पानी आउला झै कालो बादल ले निलो आकाश छोपिएको देखियो, शान्तिको मन धमिरा ले काठ लाई बिगार्या जस्तो भयो, निदार बाट खलखलती पसिना थियो तापनि पुसमाघको जाडो झैँ शरीर कपकपाई रहयो | उनले न हुन्छ भनिन् न हुन्नको प्रतिक्रिया दिइन तर उसको जबाफ नै नकुरी त्यो जवान आएको बाटो लम्कियो र बिलायो| शान्तिले आँखाले भ्याउनजेल भतिजालाई हेरी र एकटक्कले त्यहि उभिरही| शान्तिको रुवाईले बेदनाको सागर बनाउन खोज्थियो तर मरभुमी बनिसकेको आँखा भने सहयोग गर्न इन्कार गर्दथियो |एक छिनमा नर्स हातमा सेतो कागज लिएर आई, माथी जाम भन्नी इसारा गरि र माथी लिएर गई| एकाछेउमा शान्तिले लेराको लुगाफाटो को भारी विसाउन लगाई, र आराम गर्नुहोस् भन्दै आफु भने खटिया को माथी उक्ली | दलानमा अलि लामो डोरी घुसार्दै तल सम्म आउनी गरि शान्ति तिमल्सिना लेखेको नेम कार्ड झुन्दाइदिइ र गई| शान्ति अहिले खटियामा पुठ्ठा अड्याएर सुस्काउदै भितामा अडेस लाउदै छे, तर नेम कार्ड भने उसको टाउका नै माथी हावाको वहावमा नाच्दै छ, मच्चिदै छ या भनम् शान्तिको बेदना को भाका मा हलिदै छ|
Continue..........